थप समाचारबिहीबार, आश्विन २८, २०७२

कपिलवस्तुमा बन्द खुल्यो

हिमालखबर

kapilvastuदुई महिनादेखिको आमहडतालका कारण निकै असहज रहेको कपिलवस्तुको दक्षिणी भेगको जनजीवन सामान्य बन्न थालेको छ ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले २७ असोज राति प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाका बजार र छोटो दुरीका सवारी साधान सञ्चालन गर्न दिने बताएपछि यहाँको जनजीवन सहज हुँदै गएको हो ।

विज्ञप्तिमा दशै, दिपावली, छठ र मुस्लिम समुदायको मोहर्रमलाई ध्यानमा राखी वन्द खुला गर्ने निर्णय गरिएको मोर्चाका जिल्ला संयोजक सतीश कुमार गुप्ताले बताए ।

मोर्चाले राजमार्ग र भन्सार नाकामा भने हड्ताल कायमै रहेको जनाएको छ । राजमार्ग क्षेत्रमा भने यस अघि देखि नै बन्दको प्रभाव परेको छैन ।

आज विहानै देखि तौलिहवा, कृष्णनगर, चन्द्रौटा, मर्जादपुर, महाराजगंज लगायतका वन्द रहेका बजारहरु खुलेका छन् भने सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको उपस्थिति पनि बढेको छ ।
गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>