Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एनआरएनएः झाको उम्मेदवारी फिर्ता, निर्वाचन हुँदै - Himalkhabar.com

थप समाचारबिहीबार, आश्विन २८, २०७२

एनआरएनएः झाको उम्मेदवारी फिर्ता, निर्वाचन हुँदै

हिमालखबर

NRN_Sanjeev.indd

एनआरएनए अध्यक्ष पदका उम्मेदवार शेष घले (बायाँ), उम्मेदवारी फिर्ता गरेका रतन झा (बीचमा) र अर्का उम्मेदवार टिबी कार्की ।

गैर–आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका पदका उम्मेदवार रतन झाले उम्मेदवारी फिर्ता लिएका छन् ।

एनआरएनएमा एकता कायमै राख्न अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु पर्ने संघका पूर्व पदाधिकारीहरुले गरेको पहल अनुसार रतन झाले अर्का उम्मेदवार शेष घलेका पक्षमा उम्मेदवारी फिर्ता लिएको पूर्व अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेका बेला एनआरएनएमा हुनसक्ने संभावित विभाजनलाई रोक्न र एकता कायम राखी मातृभूमिका लागि अधिकतम योगदान दिनका लागि आफूले उम्मेदवारी फिर्ता गरेको झाले बताए ।

पूर्व अध्यक्षहरुले अध्यक्षमा सर्वसम्मत बनाउन कोशिस गरे पनि अर्का उम्मेदवार टिबी कार्कीले भने उम्मेदवारी फिर्ता लिएका छैनन् । अब एनआरएनए अध्यक्ष पदमा वर्तमान अध्यक्ष शेष घले र कतारका व्यवसायी टिबी कार्की प्रतिस्पर्धामा छन् ।

एनआरएनएको जारी महाधिवेशनमा अध्यक्ष लगायत २१ सदस्यीय कार्यसमितिका लागि अहिले १ः३० बजेदेखि मतदान हुँदैछ । मत परिणाम आजै साँझसम्म सार्वजनिक भैसक्ने पूर्वअध्यक्ष लामिछानेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>