खेलकुदबिहीबार, आश्विन २८, २०७२

नेपालले पपुवा न्युगिनीलाई हरायो

हिमालखबर

cricketआइसिसी यु–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ ।

मलेशियाको क्वालालम्पुरस्थित किनरारा ओभल खेल मैदानमा भएको प्रतियोगितामा नेपाली युवा टोलीले पपुवा न्युगिनीमाथि ९ विकेटको शानदार जित हासिल गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पपुवा न्युगिनीले दिएको ४९ रनको लक्ष्यलाई नेपालले खेलको ९.१ ओभरमा एक विकेट गुमाउँदै भेटायो ।
नेपालले गतिलो बलिङ गरेपछि पहिले ब्याटिङ गरेको पपुवा न्युगिनी २८.२ ओभरमा ४८ रन जोड्दै अलआउट भएको थियो ।

प्रतियोगितामा सुनिल धमलाले अविजित २४ रनको योगदान दिए भने योगेन्द्र सिंह कार्कीले १६ तथा सन्दीप सुनुवारले ४ रन जोडे ।

प्रतियोगितामा पपुवा न्युगिनीका सुरुवाती नौ ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेका थिएनन् ।

दशौँ नम्बरमा ब्याटिङ गर्न आएका न्यू टुवा ११ रनमा अविजित रहे । त्यस्तै ११औँ नम्बरमा ब्याटिङ गर्न आएका लोहिया गुवाले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...