थप समाचारबिहीबार, आश्विन २८, २०७२

एक बुलेट ग्यास मात्र भित्रियोः मेची भन्सार

हिमालखबर

lpg truckपूर्वी नाका काँकडभिट्टाबाट आज अपरान्ह २ बजेसम्ममा १ बुलेट ग्यासबाहेक डिजेल र पेट्रोलका कुनै पनि ट्याङ्कर नभित्रिएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

२६ असोजमा पेट्रोल भर्नका लागि भारतको सिलगुढी डिपोमा पुगेका मेची अञ्चलका ३६ वटा ट्याङ्करमध्ये आजसम्म ६ वटा मात्र नेपाल भित्रिएको मेची पेट्रोलियम व्यवसायी सङ्घका अध्यक्ष लय भण्डारीले जानकारी दिए ।

सिलगुढीस्थित भारतीय आयल निगमका कर्मचारीले माथिको आदेश भन्दै पेट्रोलियम पदार्थको ट्याङ्कर लोड गर्न नमानेको अध्यक्ष भण्डारीले बताए ।

उनका अनुसार धेरै अनुरोधपछि आज सिलगुढी डिपोमा नौ ट्याङ्कर लोड भएका छन् । लोड भएका तीन ट्याङ्कर पेट्रोल र ६ ट्याङ्कर डिजेल बेलुकासम्ममा नेपाल भित्रिने उनले बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...