थप समाचारबिहीबार, आश्विन २८, २०७२

सिरहा: बजार पसल खुल्न थाले

हिमालखबर

लहान बजार । तस्वीर: दिलिप सिंह

लहान बजार । तस्वीर: दिलिप सिंह

मोर्चाले घोषणा गरेको आमहडतालका कारण ३० साउनदेखि बन्द लहानका पसल तथा कार्यालयहरु सुचारु हुन थालेका छन् ।

घटस्थापना शुरु भएसँगै लहान बजारका पसलहरु स्वस्फूर्तरुपमा खुल्न थालेका छन् । बजार खुलेसँगै पसलहरुमा चाडपर्वमा किनमेल गर्नेहरुको भीड देखिएको छ ।

संविधानको विरोध गर्दै आमहडताल र बन्द गराइरहेका नेताहरु आफैं प्रधानमन्त्री निर्वाचनमा सहभागी भएपछि आफ्नो व्यवसायलाई सुचारु गर्न थालिएको लहानका एक व्यापारीले बताए ।

तर, तराई मधेस लोकतान्त्रिक पार्टीका सिरहा सचिव राकेश झाले मोर्चाले चाडपर्वलाई ध्यानमा राखी बन्दलाई खुकुलो पारेकाले बजार खुलेकोे बताए ।

जिल्ला उद्योग बाणिज्य संघ लहानका अध्यक्ष सुनिल महतोले बजार खुले पपिन बाहिरबाट सामान ल्याउन सहज भइनसकेको बताए । उनले भने– “पसल त खोलियो तर के बेच्ने, सामान नै छैन ।”

निराशा

आन्दोलनमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरु प्रधानमन्त्री निर्वाचनमा भाग लिएपछि कार्यकर्ताहरु निराश भएका छन् ।

नयाँ प्रधानमन्त्रीको निर्वाचनमा आन्दोलनमा रहेका दलका सांसदहरु सहभागी भएसँगै आन्दोलनमा स्थानीयको सहभागिता ह्वात्तै घटेको छ भने जिल्लास्तरीय नेताहरु पनि असन्तुष्ट देखिएका छन् ।

सामूहिक राजीनामा

मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको सिरहा जिल्ला कमिटीका सवैले सामूहिक राजीनामा दिएका छन् ।

आन्दोलनमा रहेको दलका अध्यक्ष आफ्ना मागहरु पूरा नहुँदै सरकारमा गएर आन्दोलनलाई तुहाएको भन्दै उनीहरुले राजीनामा गरेका हुन् ।

पार्टीका राजनीतिक कमिटी सदस्य शत्रुधनप्रसाद सिंह कोइरी, केन्द्रीय सदस्य लक्ष्मण यादव र जिल्ला कमिटी अध्यक्ष राम चलितर साह लगायत ५१ सदस्यीय जिल्ला कमिटीका सबैले सामूहिक राजीनामा दिएका हुन् ।

कोइरीले भने, “अध्यक्ष गच्छदारले मन्त्री पदको लोभमो आन्दोलनलाई धोका दिनु भएको छ ।”

जन्जिर जुलुश प्रदर्शन

तस्वीर: दिलिप सिंह

तस्वीर: दिलिप सिंह

आन्दोलनरत मधेशी मोर्चाले सिरहाको लहानमा साङ्लोमा बाँधिएर जुलुश प्रदर्शन गरेको छ ।

विभेदका विरुद्ध प्रतिकात्मक रुपमा ‘जन्जिर जुलश’ प्रदर्शन गरिएको सदभावना पार्टीका नेता बालेश्वर यादवले बताए ।

लहानको एमबी बैंक अगाडिबाट निकालिएको जुलुश बजार परिक्रमा गरी शहिद रमेश महतो चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

आन्दोलनरत दलहरुले पछिल्लो एक हप्तादेखि आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण प्रदर्शन थालेका छन् ।

दिलिप सिंह, सिरहा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>