Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जसको खेल हेर्न लडाई रोकियो - Himalkhabar.com

खेलकुदबिहीबार, कार्तिक ५, २०७२

जसको खेल हेर्न लडाई रोकियो

हिमालखबर

जबसम्म संसारमा फुटबल जिवित रहन्छ तबसम्म महान खेलाडी पेलेको नाम स्वर्णअक्षरमा अंकित रहनेछ ।

१७ वर्षको उमेरमै विश्वकप खेलेर ब्राजिललाई स्वर्ण पदक दिलाउने पेले शुक्रबार आजै ७५ वर्षका भएका छन् ।

तस्वीर: यूएसएटुडे बाट साभार

तस्वीर: यूएसएटुडे बाट साभार

सबैभन्दा सानो उमेरमै विश्वकप जिताउने फुटबल खेलाडी पेलेले सन् १९५८ मा स्वीडेन विश्वकपका बेला शानदार प्रदर्शन गरेका थिए । ब्राजिलले कप जित्दा उनको उमेर १७ वर्षको मात्रै थियो । फाइनलमा उनले स्वीडेन विरुद्ध दुई गोल हानेका थिए ।

उत्कृष्ट एथलिट उनी तिव्र गतिमा दिशा परिवर्तन गर्थे, स्पट जम्प गर्थे, दायाँ र बायाँ दुवै खुट्टाले शट हिर्काउँथे । उनी ‘भली’ लिन्थे । पूर्ण फुटबलर थिए उनी ।

बल डिस्ट्रिब्युसनको गज्जपको क्षमता भएका उनी गोल पनि उत्तिकै गर्थे । सन् १९७० को विश्वकप खेल्दासम्म उनी गोल स्कोरर भन्दा धेरै डिस्ट्रिब्यूटर भैसकेका थिए ।

पेले एउटा यस्तो पूर्ण खेलाडी थिए, उनीजस्तो अर्को कोही भएन । छैन ।
म्याराडोना पनि आफ्नो बेला उत्कृष्ट खेलाडी हुन् । आफ्नो हेडरले विशेष पहिचान बनाएका म्याराडोनाको पनि पेलेसँग तुलना हुन सक्दैन ।

पेले त्यो जमानामा खेलेका हुन् जुनबेला रेफ्रीबाट अहिलेजस्तो सुरक्षा पाइँदैनथ्यो ।

त्यसबेला पहेंलो र रातो कार्ड चलनमा आइसकेको थिएन, मैदानमा कडा ट्याकलिङ हुन्थ्यो ।

ब्राजिललाई पहिलो पटक विश्वकप जिताउने मात्रै होइन ब्राजिलमा नयाँ शैलीको फुटबलको विकासका लागि समेत पेले विश्वमै प्रशंसित भए ।

पेले र उनका साथी गारिन्चाले ब्राजिलको फुटबललाई आकर्षक शैली दिए । कलिलो उमेरमै उनले स्कोरको जादू देखाए ।

उनको क्लब सेन्टोस पूरै संसारको टूर गथ्र्यो । उनी जहाँ जान्थे, त्यहाँका स्टेडियम भरिन्थे ।

भनिन्छ नाइजेरियामा पेलेको खेल हेर्नका लागि गृहयुद्ध समेत रोकिएको थियो । लडाइँमा रहेका दुवै समूह पेलेको खेल शान्तिपूर्वक हेर्न चाहन्थे ।

पेले फुटबलको मात्रै होइन बरु कुनै पनि खेलका लागि पहिलो अन्तर्राष्ट्रिय आइकन थिए ।

फुटबलमा पेलेको रेकर्ड तोडन असम्भव जस्तै छ । उनले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० को विश्वकप जिताए ।

चारवटा विश्वकप खेलेका पेलेले १९६६ को विश्वकपमा भने चोटका कारण फर्ममा रहन सकेनन् र त्यसबेला ब्राजिल छिटै विश्वकपबाट बाहिरिएको थियो ।

पेलेकै कारण अफ्रिका र एशियामा फुटबलको ठूलो प्रचार भयो ।

बीबीसीबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>