Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मोर्चाका कार्यकर्ताद्वारा मोटरसाइकलमा आगजनी - Himalkhabar.com

थप समाचारआइतबार, कार्तिक ८, २०७२

मोर्चाका कार्यकर्ताद्वारा मोटरसाइकलमा आगजनी

हिमालखबर

बन्दको उल्लङ्घन गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सिरहाको लहानमा दुई मोटरसाइकलमा आगजनी गरेका छन् ।

मोचार्का कार्यकर्ताले ८ कात्तिक बिहान ०८:३० बजेतिर लहान नगरपालिका–३ रघुनाथपुर चोकमा बा ४१ प४६०० नंको मोटरसाइकलमा आगजनी गरेका हुन् ।
आगजनीमा मोटरसाइकलको इन्जिन तथा दुवै टायर जलेर नष्ट भएको छ ।

त्यसअघि मोर्चाका कार्यकर्ताले लहानको अस्पताल चोकमा बिहान सबेरै अनटेस्ट लेखिएको मोटरसाइकल जलाएका थिए ।
मोटरसाइकलसमेत चल्न नदिएर मोर्चाका कार्यकर्ताले अवरोध गरेपछि प्रहरीले बिहान ९ बजेतिर करिब एक सय मोटरसाइकललाई सुरक्षा दिई गन्तव्यतर्फ पठाएको छ ।

मोटरसाइकल नियन्त्रणमा लिएर जलाउन थालेपछि सर्वसाधारण त्रसित बनेका छन् । लहानको अस्पताल चोक, सहिद रमेश चोक र ट्राफिक चोकमा ठूलो सङ्ख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।
लहान बजार र पूर्वपश्चिम सडकको भित्री भागमा लुकेर बसेका मोर्चाका सदस्य र प्रहरीबीच झडप हुन सक्ने सम्भावना बढेको छ ।

प्रहरीले बजार बन्द गराउँदै हिँडेको आरोपमा आन्दोलन सङ्घर्ष समितिका सल्लाहकार सत्यनारायण यादव र तमलोपा सिरहाका जिल्ला सदस्य रोशन यादवलाई नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>