Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कर्णाली नदीमा र्‍याफ्टिङ बोट दुर्घटना हुँदा दुईको मृत्यु - Himalkhabar.com

थप समाचारमंगलबार, कार्तिक १०, २०७२

कर्णाली नदीमा र्‍याफ्टिङ बोट दुर्घटना हुँदा दुईको मृत्यु

हिमालखबर

कर्णाली नदीमा र्‍याफ्टिङ बोट पल्टिँदा २ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

बर्दिया र कैलालीको सीमानामा पर्ने पाताभार–७ सर्खोलमटेरा नजिकै कर्णाली नदीमा ९ कात्तिक दिउँसो र्‍याफ्टिङ बोट पल्टिँदा कैलाली लम्की नगरपालिका २ की ६० वर्षीया बल्छिमा पाण्डे, २ वर्षीया यशोदा पाण्डेको ज्यान गएको र १२ वर्षीय दिपेश पाण्डे बेपत्ता भएको बर्दियाका डिएसपी नेत्रमणी गिरीले जानकारी दिए ।

दुर्घटनामा परेका अन्य १२ जनाको ईलाका प्रहरी कार्यालय पाताभार प्रहरी र स्थानीयवासीले उद्धार गरेका छन् ।

कर्णाली चिसापानी पुलबाट रमेलाकोट तर्फ जाँदै गरेको र्याफ्टिङ्ग बोट हिँजो दिउसो तीन बजे पल्टिएको हो । बेपत्ता रहेका पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसक्षेत्रमा र्‍याफ्टिङ बोट यातायातको साधनको रुपमा प्रयोग हुँदै आएको छ ।
भावुक योगी, बर्दिया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>