थप समाचारबिहीबार, कार्तिक १९, २०७२
सिर्सियाबाट निक्लिए मालबाहक गाडी
बन्दहडतालका कारण विगत डेढ महिनादेखि वीरगन्जको सिर्सिया सुख्खा बन्दगाहमा थन्किएका १२७ वटा मालवाहक गाडीलाई प्रहरीले १८ कात्तिक राति स्कर्टिङ्ग गरेर काठमाडौं पठाएको छ ।
सुख्खा बन्दगाहबाट प्रहरी स्कर्टिङमा दैनिक उपभोग्य तथा औद्योगिक कच्चा पदार्थ बोकेका १०२ वटा ट्रक र २५ वटा कन्टेनरलाई राजधानी तर्फ पठाइएको जिल्ला प्रशान कार्यालय पर्साले जनाएको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ड्राइपोर्ट सिर्सियामा रहेका मालवाहक गाडीलाई स्कर्टिङ्ग गरेर काठमाडौंतर्फ पठाउने क्रममा आन्दोलनकारीले अवरोध गरे पनि सुरक्षाकर्मीले समान्य बल प्रयोग गरेर अवरोध हटाएका थिए ।
मोर्चाको अवरोधसँगै बन्दरगाहा टर्मीनलका कर्मचारी र मजदुरको असहयोगका साथै ढुवानी व्यवसायीले असुरक्षाको कारण देखाउँदा लामो समयदेखि सुख्खा बन्दरगाहाबाट समान बाहिर जान सकेको थिएन ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीपकुमार केडियाले बन्दरगाहमा आइपुगेको कच्चा पदार्थ उद्योगमा पु¥याउन सके बन्द भएका उद्योगलाई केही हदसम्म भए पनि राहत हुने बताए ।
बन्दरगाहमा अझै ७२५ ओटा कण्टेनर सहित १ लाख १३ हजार मेट्रिक टन मालसामान रोकिएको छ ।
सुरेश बिडारी, वीरगञ्ज