Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाललाई अन्तर्राष्ट्रिय उपाधी दिलाउने खेलाडीहरुलाई जनही पाँच लाख - Himalkhabar.com

खेलकुदशुक्रबार, माघ ८, २०७२

नेपाललाई अन्तर्राष्ट्रिय उपाधी दिलाउने खेलाडीहरुलाई जनही पाँच लाख

हिमालखबर

उपाधी जितेपछि खेलाडीहरु । तस्वीरः गाेल नेपाल

उपाधी जितेपछि खेलाडीहरु । तस्वीरः गाेल नेपाल

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बङ्गबन्धु कप विजेता खेलाडी तथा प्रशिक्षकलाई जनही रु पाँच/पाँच लाख दिने घोषणा गरेको छ ।

एन्फाका प्रमखु कार्यकारी अधिकृत इन्द्रमान तुलाधारले २३ खेलाडी, दुई प्रशिक्षक र एक चिकित्सक गरी २६ जनालाई जनही रु पाँच/पाँच लाख दिने निर्णय भएको बताए ।

९ माघ दिउँसो त्रिभुवन विमानस्थल उत्रिएलगत्तै एन्फाले टोलीलाई नगर परिक्रमा गराई दशरथ रङ्गशाला पुर्‍याएर स्वागत गर्ने कार्यक्रम तय भएको उनले बताए ।

विजेता खेलाडीलाई जनही दुई लाख
राष्ट्रिय खेलकद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बङ्गलादेशमा सकिएको बङ्गबन्धु कप विजेता खेलाडीलाई जनही रु. दुई लाख पुरस्कार उपलब्ध गराउन सरकारलाई परिषद्का तर्फबाट सिफारिस गरिने बताए ।

१० माघ खेलकुद मन्त्रालयलाई यस्तो सिफारिस गरिने जानकारी दिँदै उनले भने, “प्रशिक्षक र खेलाडीले रु दुई लाख तथा सहायक प्रशिक्षकलाई एक लाख सिफारिस गर्छौँ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>