रमझमशुक्रबार, फाल्गुण २८, २०७२
कवि प्रहरी
बेदौली–३, नवलपरासीका श्यामसुन्दर यादव ‘त्रिवेणी’ त्यो वेला (२०५८ साल) प्रहरी सेवामा प्रवेश गरे, जतिवेला देशमा माओवादी हिंसा चर्कंदै थियो।
यस्तोवेला किन प्रहरीमा गएको भन्ने चिनेजानेकाको प्रश्नले उनी हैरान हुन्थे। सबैलाई एकैपटक उत्तर दिन उनले यस्तो गजल लेखे–
संकटकाल थियो र पो जागीर खाएँ
देश नै बेहाल थियो र पो जागीर खाएँ।
सूर्य–चन्द्र अंकित झण्डा फर्फराउने म नेपाली
राष्ट्रियताको सवाल थियो र पो जागीर खाएँ।
अहिले कपिलवस्तुस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३६ वर्षीय यादवले ९ फागुनमा भोजपुरी र अवधीमा लेखिएको गीति संग्रह अपन गीत र गजल, हाइकू समेटिएको सगरमाथा शीर्षकका दुई कृति सार्वजनिक गरे।
चार कृतिका धनी उनी यतिवेला आफ्नै रचना र स्वरमा अल्बम निकाल्ने सुरमा छन्। “भित्रैबाट लेखौं लेखौं लाग्छ”, यादव भन्छन्, “ब्यारेक पुगेपछि दिनभरिका कुरा सम्झन्छु, लेख्न बस्छु।”
जागीरका क्रममा बसेका जिल्लाहरूले लेखनको विषय दिएको यादवको अनुभव छ। माओवादी हिंसा र प्रहरीका तल्ला कर्मचारीका व्यथाबारे पनि उनले थुप्रै रचना जन्माएका छन्। “तर, तिनलाई जागीर सकिएपछि मात्रै निकाल्छु”, उनी भन्छन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
