Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सिमरा गोल्डकपबाट आयोजकलाई रु १८ लाख फाइदा - Himalkhabar.com

खेलकुदमंगलबार, चैत्र २, २०७२

सिमरा गोल्डकपबाट आयोजकलाई रु १८ लाख फाइदा

हिमालखबर

khelkudसिमरा गोल्डकपको सातौं संस्करणबाट आयोजक नव जनजागृति युवा क्लबले रु १८ लाख भन्दा बढी बचत गरेको छ ।

आयोजक क्लबले २ चैतमा सिमरामा पत्रकार सम्मेलन गरी २० देखि २९ फागुनसम्म सञ्चालन भएको प्रतियोगिताको सम्पूर्ण खर्च कटाएर रु १८ लाख ७० हजार बचत भएको जानकारी गराएको हो ।

गोल्डकपका लागि प्रायोजक, सहप्रयोजक र विभिन्न संस्थाबाट प्राप्त सहयोग रकमबाट खर्च कटाएर रु १८ लाख ७० हजार बचत भएको क्लबका अध्यक्ष कासिम मियाले बताए ।

‘हामीले बचत रकम क्लबको खातामा जम्मा गर्दै आएका छौं,” अध्यक्ष मियाँले भने, “उक्त रकम रंगशाला निर्माण सहित फुटबल एकेडेमी सञ्चालनका लागि आवश्यकता अनुसार खर्च गर्नेछौं ।”

उनले क्लबको सामाजिक उत्तरदायित्व अन्तर्गत टिकट बिक्रीबाट उठेको पाँच प्रतिशत रकम विभिन्न सामाजिक संघसंस्थालाई सहयोग गरिएको पनि जानकारी दिए ।

सातौं संस्करणको खेलबाट क्लबलाई रु ५१ लख १८ हजार प्राप्त भएको र रु ३२ लाख ८ हजार खर्च भएको मियाले बताए । खेलको टिकट बिक्रीबाट मात्रै रु ८ लाख ५ हजार संकलन भएको थियो ।

सिमरा गोल्ड कप फाइनलमा हेटौडाको विजय युथ क्लबले यस वर्ष रुपन्देही ११ लाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधिसहित पाँच लाख ५१ हजार पुरस्कार हात पारेको थियो ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>