रमझमबुधबार, चैत्र १७, २०७२

वरिष्ठ संगीतकार गुरुङ स्वदेश फर्किए

हिमालखबर

Amber-Gurung-cbnnnभारतमा उपचारपछि स्वास्थ्यमा सुधार देखिएका वरिष्ठ संगीतकार अम्बर गुरुङ स्वदेश फर्किएका छन् ।

७८औं वर्ष पार गरेका राष्ट्रियगानका संगीतकार गुरुङ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश आज दिउँसो स्वदेश फर्किएका हुन् । छोरा राजु गुरुङको साथमा फर्किएका उनलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा विभिन्न कला तथा संगीतकर्मी पुगेका थिए ।

मेदान्तको उपचारपछि उनको स्वास्थ्य सामान्य स्थितिमा आएको संगीतकर्मी रतन चन्दले बताए । स्वदेश फर्किएलगत्तै गुरुङको सम्मानमा विमानस्थलमै उनद्वारा संगीतबद्ध राष्ट्रियगान बजाइएको थियो ।

सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ लामो समयदेखि मधुमेह र पार्किन्सनलगायतका रोगबाट पीडित छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>