समाचारबुधबार, बैशाख १, २०७३
संविधान कार्यान्वयन गर्न प्रतिपक्ष चाँहिदैनः पूर्व सभामुख नेम्वाङ
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानबारे भइरहेको असन्तुष्टिलाई समयमै सम्बोधन गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा भएको एक कार्यक्रममा उनले असन्तुष्टि आउनु स्वभाविक भएको भन्दै त्यसलाई सम्बोधन गर्नेगरी प्रमुख दल एक ठाउँमा आउनुपर्ने बताए ।
“संविधान जारी गर्ने चुनौती जसरी सबै दल एक ठाउँमा उभिएर पूरा गरे, संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पनि त्यसैगरी पूरा गर्नुपर्छ”, उनले भने ।
नेता नेम्वाङले नेपाली कांग्रेससहित सरकार बन्नुपर्नेमा जोड दिए । उनले संविधान कार्यान्वयन गर्ने सन्दर्भमा कुनै पार्टी सत्ता पक्ष र कुनै पार्टी प्रतिपक्ष हुन नहुने धारणा राखे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>