समाचारबुधबार, बैशाख १, २०७३
एमाले बैठकमा समूहगत प्रस्तुति सकियो
नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफलको प्रस्तुति सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आज बाँकी दुई समूहका टोली नेता शेरबहादुर तामाङ र केदार न्यौपानेले सुझाव दिए । छलफलका लागि १० समूह विभाजन गरिएकामा २९ चैत बैठकमा विभिन्न आठ समूहका टोली नेताले प्रस्तुति गरेका थिए ।
समूहका नेताले सुझाव प्रस्तुत गर्दै पार्टी महाधिवेशनको मर्म र भावनाअनुसार अघि बढ्नुपर्ने, गुटबन्दी अन्त्य हुनुपर्ने, राष्ट्रिय विकासका कार्यक्रममा सरकार क्रियाशील हुनुपर्ने धारणा दिए ।
समूहगत प्रस्तुतिमाथि आएका सुझाव र आलोचनाबारे अध्यक्ष ओलीले भोलि, २ वैशाखको बैठकमा प्रत्युत्तर दिएपछि प्रतिवेदन पारित हुनेछ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>