समाचारबिहीबार, बैशाख २, २०७३

किशोरीको उजुरीपछि विवाह रोकियो

हिमालखबर

childrightsजाजरकोटकी एक किशोरीले उमेर नपुग्दै आफ्नो विवाह गराउन खोज्ने अभिभावकविरुद्ध उजुरी दिएपछि विवाह रोकिएको छ ।

जिल्लाको मजकोट–३ की १५ वर्षीया विनिता टमाटाले स्थानीय बाल क्लब, वडा नागरिक मञ्चमा जबर्जस्ती विवाह गराउन खोज्ने आमा-बाविरुद्ध उजुरी दिएपछि बुधबार विवाह रोकिएको छ ।

विनिताको दैलेख जगनाथ–३ का २० वर्षीय मिलन विकसँग मागीविवाह गर्न लाग्दा विवाह रोकिएको मजकोट–३ नं वडा नागरिक मञ्चका अध्यक्ष वीरबहादुर शाहीले जानकारी दिए ।

बाबु सगते विकले एसएलसी दिएर बसेकी छोरीलाई जन्ती ल्याएर जबर्जस्ती विवाह गाउन खोजेपछि विनिताले प्रतिकार गर्दै अधिकारकर्मी गुहारेको बताइन् ।

उमेरै नपुगी विवाह गर्न राम्रो होइन भनी छोरीले बाबुलाई भने पनि ‘विवाह गर्नैपर्छ राम्रो इष्ट आएका छन्’ भनी जबर्जस्ती विवाह गराउन लाग्दा इलाका प्रहरी कार्यालय पञ्चाला, बडा नागरिक मञ्च र बालसञ्जालको संयुक्त प्रयासमा विवाह रोकिएको स्थानीय पत्रकार काँसी न्यौपानेले बताए ।

दुवै तर्फका अभिवावकलाई सम्झाई–बुझाई विवाह रोकिएको बालसञ्जालका अध्यक्ष भवीन्द्र थापाले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>