समाचारबिहीबार, बैशाख २, २०७३

मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड अलपत्र

हिमालखबर

road

जाजरकोटको स्याउली–भुर सडक खण्डः तस्वीर राजेन्द्र कार्की

मध्यपहाडी लोकमार्ग अन्तर्गत जाजरकोट खण्डको ट्रयाक निर्माण कार्य शुरु भएको ६ बर्षसम्म पनि निर्माण कम्पनी र आयोजनाको लापरबाहीले अलपत्र छ ।

सँगै शुरु भएको रुकुम र दैलेख खण्डको निर्माण पूरा भइसकेको छ तर, शुरु भएको दुई वर्षमा सम्पन्न गर्ने सम्झौता गरेको निर्माण कम्पनीले निर्माण कार्य अलपत्र छोडेको छ ।

जिल्लाको कुदुदेखि दैलेखको सुयाडा सम्मको ८२ किलोमीटर सडक अन्तरगत पर्ने कार्कीगाउ र झाप्राको सिमाना, थलहबजार आसपास, जगतीपुरको चौखेढुंगा, दशेराको जेवा लगाएत स्थानमा निर्माण कार्य अलपत्र परेको हो ।

कार्कीगाउ र झाप्राको सिमानामा पर्ने २ किलोमीटर ट्रयाक खोलिएकै छैन । उक्त खण्डको निर्माण जिम्मा लिएको धनन्जय सिद्धार्थ जेभीले जमिनमा कडा चट्टान रहेको भन्दै काम नगरेको डिभीजन ईन्जिनियर नारायण प्रसाद निउरेले बताए ।

जगतीपुर–कार्कीगाउ खण्डको रौताह कन्स्ट्रक्सन र धनन्जय नान्जीला एण्ड आकांक्षा जेभीले पनि त्यसै छोडेको छ ।

सडक निर्माण रोकिएपछि दुई वर्षभित्रै यातायात संचालन गर्ने सरकारी लक्ष्य पनि अलपत्र परेकोे छ ।

काम नगर्ने व्यवसायीलाई कारवाही गर्नुपर्ने नागरिक समाज जिल्ला समन्वय समितिका संयोजक राजेन्द्रविक्रम शाहले बताए ।

आयोजनाले जाजरकोट खण्डको निर्माणमा ८० करोड बढी रकम खर्च गरि सकेको छ ।
राजेन्द्र कार्की, जाजरकोट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>