समाचारबिहीबार, बैशाख २, २०७३
नयाँ वेबपोर्टल प्रमबाट उद्घाटन्
सरकारी खरिदसम्बन्धी सम्पूर्ण सूचना सहज सम्प्रेषणका लागि नयाँ वेबसाइट शुरु भएको छ ।
एसियाली विकास बैंकको प्राविधिक सहयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले www.bolpatra.gov.np/egp शुरु गरेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले आयोजना गरेको विशेष कार्यक्रममा पोर्टलको उद्घाटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय प्रविधिको उपयोग गर्दै मुलुक अब अघि बढ्ने बताए ।
वर्तमान सरकार विज्ञान र प्रविधिका उपलब्धिलाई राष्ट्र निर्माणका काममा अधिकतम उपयोग गर्दै अघि बढ्न चाहेकाले त्यसमा सबैको साथ आवश्यक भएकोमा उनले जोडदिए ।
त्यस अवसरमा प्रधानमन्त्रीले सडक विभाग, सिँचाइ, खानेपानी तथा ढल निकास विभाग, जलउत्पन्न प्रकोप नियन्त्रण विभाग र स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका प्रमुखलाई आजैदेखि विद्युतीय खरिद प्रणाली कार्यान्वयन गर्न ‘युजर नेम’ र ‘पासवर्ड’ प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
