समाचारबिहीबार, बैशाख २, २०७३

जिप दुर्घटनामा २१ घाइते

हिमालखबर

दार्चुलाको सदरमुकाम खलङ्गास्थित बसपार्क नजिक यात्रुबाहक जिप दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार २ बैशाखमा खलङ्गा नजिकै उकालोमा से१ज ५९६ नंको जिप दुर्घटना हुँदा मालपोत कार्यालय दार्चुलाका प्रमुख प्रदीपसिंह धामीसहित २१ जना यात्रु घाइते छन् ।

प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले घाइतेमध्ये गम्भीर चारजनालाई उपचारका लागि अन्यत्र पठाइएको र बाँकी घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको बताए ।

“साँघुरो बाटोमा चालकले गतिलाई ध्यान नदिएर चलाएको हुँदा दुर्घटना भएको देखिन्छ,” राठौरले भने ।

प्रहरीका अनुसार जिप यात्रु बोकेर अपि नगरपालिका–१७ बाट खलङ्गाका लागि छुटेको थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>