समाचारबिहीबार, बैशाख २, २०७३

तरुण दलको महाधिवेशन भदौमा

हिमालखबर

tarun-dal-new.jpgनेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको चौथो केन्द्रीय महाधिवेशन आगामी भदौमा हुने भएको छ ।

तरुण दल केन्द्रीय समिति बैठकले आगामी २४, २५ र २६ भदौमा महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन तयारी गर्न तरुण दलले हालसम्म २९ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ ।

कार्यतालिका अनुसार १० जेठमा गाउँ र वडा, १२ जेठमा नगर, २० जेठमा क्षेत्रीय तथा २५ जेठमा बाँकी रहेका जिल्ला अधिवेशन हुनेछ ।

महाधिवेशनका लागि विभिन्न समिति गठन गरिएको तरुण दलले पत्रकार सम्मेलनमार्फत जनाएको छ । जसअनुसार अर्थ समिति संयोजकमा राधा घले, व्यवस्थापन समिति संयोजकमा कृष्णदत्त पनेरु, नीति, दृष्टिकोण कार्यक्रम निर्माण समिति संयोजकमा नारायणप्रसाद भट्टराई, प्रचारप्रसार समिति संयोजकमा मेदनीप्रसाद सिटौला, अतिथि सत्कार समिति संयोजक टेकराज पौडेल तथा स्वयम्सेवक समिति संयोजकमा विनोद पन्तलाई जिम्मेवारी दिएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष उदय शमशेर राणाले भूकम्पपछिको पुनःनिर्माणमा ढिलासुस्ती भएको तथा सरकार स्वयम् लागेर कालोबजारी गरेको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलन गर्ने बताए ।

आठ वर्षपछि हुन लागेको महाधिवेशन हुने स्थान भने तोकिएको छैन । चाँडै केन्द्रीय समितिको बैठक बोलाएर छलफल गरेर ठाउँ तोकिने तरुण दलले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>