समाचारबिहीबार, बैशाख २, २०७३
कावा राजदूत शर्मामाथि कार्यकक्षमै छुरा प्रहार
साउदी अरबको रियादस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदुत आनन्दप्रसाद शर्मा माथि उनको कार्यकक्षमै छुरा प्रहार भएको छ ।
रियादस्थित राजदूतावासमा शरण लिइराखेका एक नेपालीले उनीमाथि आज, २ वैशाखमा छुरा प्रहार गरेको जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साउदी अरबको किंग फैसल अस्पतालको आकष्मिक कक्षमा शर्माको उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको मन्त्रालयले जनाएको छ ।
आक्रमण गर्ने व्यक्तिलाई साउदी प्रहरीले नियन्त्रणमा लिइ आवश्यक कानुनी कारवाही अगाडि बढाइसकेको पनि परराष्ट्रमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
