समाचारबिहीबार, बैशाख २, २०७३

आयोगले बेपत्तासम्बन्धी उजुरी लिन शुरु गर्‍यो

हिमालखबर

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ७५ वटै जिल्लामा आजदेखि उजुरी लिन शुरु गरेको छ ।

आयोगका आयुक्त डा विष्णु पाठकका अनुसार जिल्लास्थित शान्ति समिति तथा आयोगको केन्द्रीय कार्यालयबाट आज, २ वैशाखदेखि उजुरी लिन शुरु गरिएको छ ।

उनले द्वन्द्वपीडितलाई निर्धक्क भएर उजुरी दिन आग्रह गर्दै जिल्लास्थित शान्ति समितिको कार्यालय र आयोगको केन्द्रीय कार्यालयमा पनि उजुरी दिन छुट्टै गोप्य स्थानको व्यवस्था गरिएको जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>