Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘सरकारले सहज अवसर गुमायो’ - Himalkhabar.com

समाचारशुक्रबार, बैशाख ३, २०७३

‘सरकारले सहज अवसर गुमायो’

हिमालखबर

संविधानको अन्तर्वस्तुप्रति असन्तुष्टि जनाउँदै ६ महीना लामो मधेश आन्दोलन गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितका मधेश केन्द्रीत दलहरूले पुनः आन्दोलनको घोषणा गरेका छन् । ६ वैशाखदेखि काठमाडौं केन्द्रीत आन्दोलन घोषणा गरेको मोर्चा सम्बद्ध दल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग हिमालखबरले गरेको कुराकानीः

rj६ महीना लामो आन्दोलनपछि फेरि पनि किन आन्दोलन गर्दै हुनुहुन्छ ?

२५ माघदेखि नाकाबन्दीसहित आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर सरकारलाई मधेशमा उठेको असन्तुष्टि हल गर्ने उपयुक्त समय दिएका थियौं । तर, त्यस्तो सहज अवसर सरकारले उपयोग गर्न सकेन । सरकार नै चुप बसेपछि हामीले नै चैत मसान्तभित्र माग पूरा गर्ने समय दियौं । यस्तो लचक र सहज अवस्थाको समेत सरकारले उपयोग नगरेपछि फेरि आन्दोलन घोषणा गर्न बाध्य भएका हौं ।

फेरि, नाकाबन्दी हुन्छ ?

अव नाकाबन्दी हुँदैन । सिंहदरवार केन्द्रीत शान्तिपूर्ण आन्दोलन हुन्छ । त्यसका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले विभिन्न तयारी गरिरहेको छ । यस पटक निर्णायक आन्दोलन हुन्छ ।

भनेपछि नाकाबन्दी, मधेश र राजमार्गहरू बन्द हुँदैनन् ?

नाकाबन्दी हुँदैन । तर, राजमार्गहरु बन्द हुन्छन् र मधेशसहित देशभर बन्द हुनसक्छ । पहिले सिंहदरवार केन्द्रीत भएर आन्दोलन शुरु हुन्छ र विस्तारै यसको स्वरुपबारे छलफल हुन्छ । राष्ट्रिय आन्दोलन भएकाले देशभर प्रभाव पर्नसक्छ ।

दुख त फेरि जनताले नै पाउने भए नि ?

जनतालाई दुख हुनेगरी आन्दोलन हुँदैन । शान्तिपूर्ण आन्दोलन हुन्छ, जहाँ जनता नै सहभागी हुन्छन् । यस पटक अघिल्लो पटकजस्तो लम्बेतान आमहड्ताल हुँदैन । ६ महीना वर्ष दिनसम्म आन्दोलन नै चल्दैन । ऐतिहासिक आन्दोलन हुने भएकाले केही दिनभित्रै निर्णायक तहमा पुग्छौं ।

सम्वाद भन्दा ज्यादा तपाइहरु आन्दोलनमा रुचि देखाएकाले कुरा नमिलेको भनेर सरकारले भनिरहेको छ । आखिर, कहिलेसम्म आन्दोलन गर्नुहुन्छ ?

खैं, सरकारले सम्वादमा रुचि देखाएजस्तो लाग्दैन । त्यतिका ठूलो आन्दोलनपछि दुई/तीन महीना हामीले कुरेर बस्यौं । तर, कहिल्यै सरकारले सम्वादमा रुचि देखाएनन् । हामीले आन्दोलन रहरले गर्ने भनेको त होइन नि । हाम्रो माग पूरा नभएसम्म आन्दोलनबाहेक अरु विकल्प के हुन्छ ?

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>