समाचारशुक्रबार, बैशाख ३, २०७३

एमाले केन्द्रीय कमिटीद्वारा मधेशी दललाई वार्तामा आउन आह्वान

हिमालखबर

मधेशकेन्द्रित दललाई अविलम्ब वार्तामा आउन र संविधान कार्यान्वयनको पक्षमा सबै राजनीतिक शक्ति एक हुन आह्वान गर्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज सकिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमाथि आएका सुझाव समेटेर सर्वसम्मतिले उक्त प्रस्ताव पारित गरेको छ ।

बैठकले समसामयिक १९ वटा प्रस्ताव पनि पारित गरेको छ ।

पार्टीले संविधान बमोजिम प्रादेशिक संरचनामा जाने सैद्धान्तिक निर्णय गरेको प्रचार विभागका प्रमुख तथा सचिव योगेश भट्टराईले जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>