समाचारशनिबार, बैशाख ४, २०७३
नेपाल हिन्दूराज्य हुनुपर्छः कांग्रेस नेता कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संघीयता र गणतन्त्र कार्यान्वयन गर्न ८५ प्रतिशत जनताको भावनाको सम्मान हुनुपर्ने बताएका छन् ।
प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा उनले धर्मनिरपेक्षताका कारण संघीयता र गणतन्त्र धरापमा पर्न नहुने भएकाले बहुसंख्यक जनताको मागअुसार हिन्दू राज्यका लागि लाग्नुपर्ने बताए । कोइरालाले भने, “गणतन्त्रलाई संस्थागत गर्न ८५ प्रतिशत जनताको मागअनुरुपको हिन्दू राज्यका लागि लाग्नुपर्छ ।”
कोइरालाले संसदीय व्यवस्थामा दुई ठूला दल एकै ठाउँमा बस्न नहुने बताए । उनले कांग्रेस सरकारमा आए कालोबजारी, भ्रष्टाचार र कुशासन बढ्ने बताए । कोइरालाले भने, “अहिले कांग्रेस र एमाले दुवै सरकारमा बस्नु हुँदैन ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>