थप समाचारसोमबार, बैशाख २७, २०७३

कलंकीमा मोटर साइकल दुर्घटना हुँदा युवकको निधन

हिमालखबर

काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

आज बिहान ७:१५ बजे थानकोटबाट कलङ्कीतर्फ आउँदै गरेको बा.३ ख ७५८६ नम्बरको टिपरले बा.३१ प ८१२७ नम्बरको मोटरसाइकललाई कलङ्की श्यामा पेट्रोल पम्पअगाडि ठक्कर दिँदा गम्भीर घाइते भएका चन्द्रागिरि नगरपालिका–२० बस्ने मिलन शर्माको निधन भएको हो ।

मोटरसाइकल चालक शर्माको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पतालमा निधन भएको महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौं नगरपालिका–१४ बस्ने २३ वर्षीय अशोक महर्जनसमेत गम्भीर घाइते भएका छन् । टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...