Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भक्तपुर: २१ करोड राजस्व घट्यो - Himalkhabar.com

थप समाचारसोमबार, बैशाख २७, २०७३

भक्तपुर: २१ करोड राजस्व घट्यो

हिमालखबर

bhaktapurगत वर्ष गएको भूकम्पका कारण पर्यटकको सङ्ख्यामा कमी आउँदा भक्तपुर नगरपालिकाको रु २१ करोड बढी राजस्व घटेको छ ।

पर्यटकको सङ्ख्या ह्वात्तै घटेपछि नगरपालिकाले पर्यटन शुल्कबापत लिँदै आएको राजस्वमा कमी आएको हो । विसं २०७१ मा गैरसार्क मुलुकबाट एक लाख ५५ हजार ९३७ जना पर्यटक तथा चीनसहित सार्क राष्ट्रबाट एक लाख ४५ हजार ७५ जना भक्तपुर नगरको सम्पदा अवलोकन गर्न आएका नगरपालिकास्थित पर्यटन सूचना केन्द्र खौमाका प्रमुख दामोदर सुवालले जानकारी दिए ।

भूकम्पका कारण २०७२ सालमा गैरसार्क मुलुकबाट ५३ हजार ३१४ जना तथा चीनसहित सार्क राष्ट्रबाट २४ हजार ६६ जना पर्यटकले मात्रै यहाँका विभिन्न सम्पदाको अवलोकन गरेका थिए ।

नगरपालिकाले पर्यटक शुल्कबापत २०७२ मा गैरसार्क मुलुकबाट आएका पर्यटकबाट रु सात करोड ९९ लाख ७१ हजार तथा चीनसहित सार्क राष्ट्रबाट आएका पर्यटकबाट रु एक करोड २० लाख ३३ हजार राजस्व सङ्कलन गरेको छ ।

विसं २०७१ मा गैरसार्क मुलुकबाट आएका पर्यटकबाट रु २३ करोड ३९ लाख तथा चीनसहित सार्क राष्ट्रबाट आएका पर्यटकबाट रु सात करोड २५ लाख ३७ हजार राजस्व सङ्कलन गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले गैरसार्क राष्ट्रबाट आउने पर्यटकसँग प्रतिव्यक्ति रु एक हजार ५०० र चीनसहित सार्क राष्ट्रबाट आउने पर्यटकसँग प्रतिव्यक्ति रु ५०० शुल्क लिने गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>