थप समाचारसोमबार, बैशाख २७, २०७३

सातादेखि बालक बेपत्ता

हिमालखबर

gaireसात दिनअघि बुटवल नजिकै मणिग्रामबाट बेपत्ता भएका बालक अझै भेटिएका छैनन् ।

मणिग्रामको शान्ति नमूना स्कूलमा कक्षा ९ मा अध्ययनरत बिद्यार्थी प्रबिण गैरे २० वैशाखबाट बेपत्ता भएका हुन् ।

तिलोत्तमा नगरपालिकाको मणिग्राम पुरानो सडकस्थित घरबाट विद्यालय जाने समयमा घरबाट हिडेका उनी आजसम्म सम्पर्कमा नआएको आफन्त बिष्णु खनालले बताए ।

खोजीका लागि बुटवल र भैरहवाका प्रहरी कार्यलयहरुमा निबेदन दिएको उनले बताए ।

विद्यालयका सहायक प्राचार्य कुलप्रसाद लामिछानेले भने बालक १६ बैशाखदेखि नै विद्यालय नआएको बताए ।

उनका बाबु विष्णु गैरै बैदेशिक रोजगारीका लागि कतारमा छन् । उचाई पाँच फुट पाँच इन्च अग्लो र गहुं गोरो वर्ण भएका प्रविणको खोजीका लागि परिवारजनले अपील गरेका छन् ।
दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...