थप समाचारबिहीबार, बैशाख ३०, २०७३

सवारी दुर्घटनामा २ को मृत्यु, २३ जना घाइते

हिमालखबर

रुपन्देहीका दुई छुट्टा–छुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार काठमाण्डौबाट बर्दिया जादै गरेको ना ५ ख ३९१३ नम्बरको बसले जनकपुरबाट नेपालगञ्जतर्फ जादै गरेको ७६४६ नम्बरको बसलाई गएराति रुपन्देहीको सालझण्डी बनकट्टीमा पछाडिबाट ठक्कर दिदा एक जनाको मृत्यु भएको हो ।

घटनामा २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा बर्दिया गुलरीया बस्ने २३ वर्षे लालबहादुर मगर छन् । घाइतेको बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

इता, बिहान करिब २ बजे बुटवलको अस्पताल लाईनमा नम्बर नखुलेको जीपले ठक्कर दिदा अन्दाजी ४० वर्षीय एक पुरुषको मृत्यु भएको छ । ठक्करबाट घाइतेलाई अस्पतालमा लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

-दीपक ज्ञवाली,बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...