Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दुई प्रहरीसहित चारजना जेल चलान - Himalkhabar.com

थप समाचारशुक्रबार, जेठ ७, २०७३

दुई प्रहरीसहित चारजना जेल चलान

हिमालखबर

व्यापारी अपहरणको अभियोगमा पक्राउ परेका दुई प्रहरी जवानसहित चारजनालाई जिल्ला अदालत पर्साले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ ।

वीरगन्ज उपमहानगरपालिका–१९ निवासी राजेशकुमार साह कानुलाई अपहरण गरी चार लाख रुपैयाँ फिरौती लिएको अभियोगमा पक्राउ परेका वीरगन्ज–१८ निवासी प्रहरी जवान अरविन्द सिंह, प्रहरी जवान विनय सिंह, दीपक सिंह र वीरगन्ज–१४ निवासी भगवान् सिंहलाई अदालतले अर्को आदेश नभएसम्मका लागि वीरगन्ज कारागारमा पठाउन आदेश दिएको हो ।

गत १३ चैतमा चारैजनालाई पक्राउ गरी अपहरण तथा शरीर बन्धकी मुद्दा दाखिला गरेकोमा ५ जेठमा पर्सा जिल्ला अदालतले चारैजना आरोपीलाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।

व्यापारी अपहरणको अभियोगमा पक्राउ परेदेखि ५६ दिनसम्म जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका चारैजनालाई आजै कारागारमा सारिएको उपरीक्षक श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>