थप समाचारसोमबार, जेठ १०, २०७३

रु ११३ नबुझाएको ट्रक कृष्णनगर सीमानाकाबाट पक्राउ

हिमालखबर

truckभारत तर्फ लैजान अदुवा लोड गरेको एउटा ट्रकलाई प्रहरीले कृष्णनगर सीमा नाकाबाट पक्राउ परेको छ ।

हेटौडाबाट अदुवा लिएर कृष्णनगरसम्म आएको ना ५ ख ८८९५ नम्बरको ट्रक भन्सार शुल्क नतिरी भारत जान लागेको अवस्थामा कृष्णनगर लिंक गेट प्रहरीले पक्राउ गरेको हो । यद्यपी एक ट्रक अदुवा भारत निकासी गर्दा जम्मा रु ११३ मात्रै भन्सार बुझाउनु पर्छ ।

पक्राउ परेको ट्रकलाई आन्तरिक राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको लिंक गेट प्रहरी टोलीका ईन्चार्ज प्रहरी नायब निरीक्षक रमेश गुरुङले बताए ।

कृष्णनगर भन्सार कार्यालयले उक्त ट्रक भन्सार क्षेत्रमै रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेको छ ।

“एक ट्रक अदुवा भारततर्फ निकासी गर्दा जम्मा रु ११३ लाग्छ । त्यत्रो ठूलो परिमाणको अदुवा निकासी गर्ने व्यापारीले रु ११३ छल्ने कुरै हुँदैन” कृष्णनगर भन्सार प्रमुख ध्रुब विश्वकर्माले बताए ।

सरकारले नेपाली अदुवालाई भारत तर्फ निकासी गर्दा एक पटकमा जे जति परिमाण भए पनि रु ११३ भन्सार शुल्क लिने गरेको छ ।
भन्सार प्रमुख विश्वकर्माले भने, “ट्रक चालकको लापरवाही वा अज्ञानताका कारण वा अन्य कुनै मनसायले त्यसो भएको हो की, हामी पनि थप बुझ्दै छौं ।”

सीमा पारी क्वारेन्टाईन चेक पोष्ट नभएका कारण भारतीय क्षेत्रमा अदुवा लैजान भारतको प्रतिवन्ध भए पनि यो नाकाबाट अदुवा छिराउन खोज्नु व्यवसायीको गलत मनसाय रहेको प्रहरी उपरीक्षक विष्णु केसीले बताए ।

लम्साल सप्लायर्स हेटौंडाले कृष्णनगरको शाहदीनी सब्जी पसलको नाममा सो एक ट्रक अदुवा पठाएको थियो । भन्सार जाँचपास नगरी भारत तर्फ निकासी गर्न लागिएको उक्त ट्रकमा ४ हजार किलोे अदुवा लोड गरिएको छ ।
गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>