अर्थ/बजारसोमबार, आषाढ ६, २०७३

प्रभु विद्युतीय हस्ताक्षरमा

हिमालखबर

prabhu2प्रभु ब्यांक लिमिटेड र नेपाल सर्टिफाइङ कम्पनी प्रालिबीच विद्युतीय हस्ताक्षरसम्बन्धी सम्झौता भएको छ ।

विद्यूतीय प्रणाली मार्फत् गरिने सूचना आदानप्रदानमा हुने जोखिम न्युनीकरण गर्न तथा सूचना प्रवाहलाई अझ विश्वसनीय बनाउन यस्तो सम्झौता भएको ब्यांकले जनाएको छ ।

सम्झौतापत्रमा ब्यांकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कम्पनीका अध्यक्ष विप्लवमान सिंहबीच हस्ताक्षर भएको छ । सम्झौतापछि ब्यांकका आन्तरिक र बाह्य ग्राहकसँगको विद्यूतीय कारोबार अझ सुरक्षित हुने ब्यांको विश्वास छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>