अर्थ/बजारसोमबार, आषाढ ६, २०७३

फोर्डको स्थापना दिन मनाइदै

हिमालखबर

fordफोर्ड मोटर कम्पनीले आफ्नो स्थापना दिवस नेपालमा पनि मनाउने भएको छ ।

आधिकारिक बिक्रेता जिओ फोर्डले नेपालमा जुन महिनाभर फोर्डको ११३ औं स्थापना दिवस मनाउने जनाएको छ । स्थापना दिवसको अवसरमा फोर्डले १२ असार २०७३ मा फोर्ड मोटर धनीहरूका लागि जीओ कार्ट रेसिङ घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यो रेसिङ सबै फोर्ड मोटर धनीलाई निःशुल्क हुने कम्पनीले जनाएको छ भने पहिला दर्ता हुन आउनेलाई प्राथमिकता दिएर रेसिङमा सहभागी गराइने कम्पनीले जनाएको छ ।

स्थापना दिवसको अवसर पारेर रेसिङ बाहेक ह्युमन स्वीङ, होभर बोर्ड, मेल्ट डाउन खाना र पेयका स्टरहरू पनि सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ । सन् २०१० मा फोर्डले नेपाल प्रवेश गरेको हो । यहाँ फोर्डका ११ वटा विक्री तथा सर्भिस केन्द्रहरु छन् भने एउटा क्वीकलेनसर्भिस सेन्टर छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...