अर्थ/बजारबुधबार, आषाढ ८, २०७३
सिद्धार्थ बैंक र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको एकीकृत कारोबार
सिद्धार्थ बैंक लिमिटेड र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको मर्जर भएपछि सिद्धार्थ बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गरेको छ ।
बैंकको एकीकृत कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजीवी नेपालले गरे । बैंकले सबल र सुदृढ बैंकका रुपमा आफूलाई स्थापित गराउने लक्ष लिएको छ ।
बैंकको कुल पुँजी रु.३ अर्ब २ करोड भएको छ भने रु. १ अर्ब ९० करोड मुनाफा ९कर्मचारी बोनस र कर व्यवस्था अघिको० र रु. १ अर्ब १६ करोड खुद मुनाफा आर्जन गर्दै रु. ६२ अर्ब १० करोड कुल निक्षेप संकलन गर्न र रु. ५३ अर्ब ६४ करोड कर्जा प्रवाह गर्न सफल भएको छ ।
बैंकले नेपालभर ६९ शाखा, ८१ एटीएम र ६५ स्थानमा शाखारहित बैंकिङ सेवा दिने भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>