थप समाचारसोमबार, मंसिर २५, २०६९
पाकिस्तानलाई भारतीय फिल्मको नाममा आपत्ति
मुसलमानहरुका लागि ‘बिस्मिल्लाह’ पवित्र मन्त्र हो । यसलाई यदि अंकमा लेख्ने हो भने यसको योगफल ७८६ हुन्छ । यो अंक मुसलमानहरुका लागि पवित्र मानिन्छ । त्यसैले पाकिस्तानी फिल्म सेंसर बोर्डले ‘खिलाडी ७८६’ लाई ‘खिलाडी’ नामबाट पाकिस्तानमा रिलिज गर्ने निर्देशन दिएको हो । फिल्मका अभिनेता अक्षयकुमारले आफ्नो फिल्मको इस्लाम धर्मसँग कुनै सम्बन्ध नभएको र यसको नाममा ७८६ एउटा संख्याका रुपमा मात्रै राखिएको बताएका छन् ।
पाकिस्तानका सिनेमाहलहरुमा भारतीय फिल्म धेरै वर्षअघिदेखि चलिरहेका छन् । तर नाममा मात्रै सेन्सर गरिएको भने यो पहिलो पटक हो । फिल्म ‘खिलाडी ७८६’का पोष्टर पहिलेदेखि नै फिल्महलहरुमा लगाइएकोमा अहिले त्यहाँ ७८६ मा कालो रंग पोतिएको छ । पाकिस्तानी सिनेमा साहुहरुले फिल्ममा सेंसर गरिएकोमा आलोचना गरेका छन् । उनीहरुले नाम परिवर्तन गर्दा फिल्म पनि बेग्लै हो कि भन्ने दर्शकहरुमा छाप पर्ने बताएका छन् ।
कस्तो छ त ‘खिलाडी ७८६ ?’
आशिष आर मोहनको निर्देशन, हिमेश रेशमियाको लेखन र निर्माणमा बनेको योफिल्ममा कुनै पनि तर्क, कारण र विश्वसनीयताको अपेक्षा राख्ने हो भने फिल्म नहेरे हुन्छ । यसको मुख्य उद्देश्य हो, दर्शकलाई हँसाई रहनु । उटपट्याङ्ग काम र सम्बादका साथै एक्शनले भरिपूर्ण यो बलिउडको चलनचल्ती धारको फिल्म मान्न सकिन्छ । यसमा हिमेश रेशमियाको गायन र संगीत पनि रुचिपूर्ण नै छ ।
एजेन्सीहरुको सहयोगमा
http://youtu.be/mBrOG703WyE
[youtube http://youtu.be/mBrOG703WyE nolink]