अर्थ/बजारमंगलबार, आषाढ २८, २०७३
बजाज भि–१५ का विशेषताहरू
हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बजाज भि–१५ बजारमा ल्याएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको यो मोटरबाईक नेपालको सडकका लागि अति उपयुक्त भएको कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले बताए ।
बजाज भि–१५ हाईटेक डिटिएस–आई १५० सीसी पावरको छ । चौडा टायरहरु, सिङ्गल र डबल सिटर बनाउन मिल्ने पृथक व्यवस्थाका साथ उत्कृष्ट ब्यालेन्स, पृथक एवं शक्तिशाली धातुको बलियोपन र बिल्कुलै आकर्षक डिजाइन रहेको कम्पनीको दाबी छ ।
बाईकमा टेलिस्कोपिक फ्रन्ट सस्पेन्शन र हाइड्रलिक रियर सस्पेन्शन छ । १३ लिटर इन्धन अट्ने यो बाईकमा १.७ लिटर रिजर्भको व्यवस्था छ ।
यसको मूल्य दुई लाख चार हजार ९०० निर्धारण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>