थप समाचारसोमबार, साउन ३, २०७३
साउनको सोमबार पशुपतिमा बिहानैदेखि भीड
![तस्वीर: रासस](http://www.himalkhabar.com/wp-content/uploads/2016/07/saun.jpg)
तस्वीर: रासस
साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
साउन महिनाको सोमबार भगवान् शिवको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
पशुपति दर्शनका लागि बिहान २ बजेदेखि नै भक्तजनको आगमन शुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिए ।
“विगतका पर्व जस्तै आज पनि दर्शनका लागि तीनतिरबाट भक्तजनको लाइन राखिएको छ, पूर्वको ढोका विशेष पूजा गर्नेका लागि पश्चिमको ढोका बोलबम यात्रीका लागि छुट्याइएको छ”– उनले भने ।
यस वर्ष साउनमा पाँचवटा सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत शुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
यो विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
![Loading ... Loading ...](http://archive.himalkhabar.com/wp-content/plugins/wp-polls/images/loading.gif?bf936f)