थप समाचारशनिबार, पौष २८, २०६९

नौ वर्षिय बालिकाको शिलगुढीबाट उद्धार

हिमालखबर

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले गरेको पत्रकार सम्मेलनमा अभियुक्त सिमा । तस्बीर: कृष्ण सिंजाली/ काँकरभिट्टा

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले पत्रकार सम्मेलन गरी बालिकालाई बाबु आमाको जिम्मा लगाएको हो । पत्रकार सम्मेलनमा काँकरभिट्टाका सुरक्षा बेश प्रमुख प्रहरी नायब उपरिक्षक गोबिन्द थपलियाका अनुसार बालिका बिहीबार आफ्नै साथीभाईसंग खेलीरहेको अबस्थामा हराएकी थिईन ।

प्रहरीले धुलाबारीबाट खोजतलास गर्नेक्रमममा मेचीनगर ३ बस्ने सिमा पटेल पासवानसंग भारत तर्फ जार्दै गरेको खबर प्राप्त गरेपछि खोजतलास लाई तीब्र पारेको थियो । प्रहरीले शुक्रबार साँँझ ५ बजेतिर मेचीनगर १० नेपाल भारतको सीमाना मेचीपुलमा नेपालतर्फ आउर्दै गर्दा सिमा पटेल पाशवनलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

शुरुमा प्रहरी नियन्त्रणमा रहेकी सिमाले आरोप स्वीकार नगरेपनि पछि बालिकाका आफ्न्तले केहि नगर्ने बालिका ल्याईदिए कार्वाहि नचलाउँने भनेपछि बालिकाकी बाबु प्रमोद र आरोपी सिमा शिलगुढीतिर गएका थिए भने अर्काे सवारी साधनमा सादापोशाकमा नेपाली तथा भारतीय प्रहरी पचिालन गरीएका कारण स–कुशल उद्धार गर्न सकिएको प्रहरीले जनाएको छ । काँकरभिट्टा प्रहरी हिरासतमा रहेकी सिमालाई प्रहरीले मानव बेच बिखन कसुर दर्ता गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।

-कृष्ण सिंजाली/ काँकरभिट्टा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>