थप समाचारसोमबार, माघ १, २०६९

घरघरमा रूख रोप्न अनिवार्य

हिमालखबर

महानगरपालिकाले अब बन्ने नयाँ घरको नक्सा पास गर्दा न्यूनतम दुईवटा रूख अनिवार्य रोप्नुपर्ने व्यवस्था १ माघबाट लागू गरेको छ । आज सार्वजनिक बिदा पर्न गएकाले यो नियम २ माघबाट कार्यान्वयनमा आउनेछ ।

महानगरलाई स्वच्छ र हरियाली शहरका रुपमा विकास गर्ने उद्देश्यले नगरभित्र नयाँ निर्माण गरिने आवासीय भवनको अगाडि कम्तीमा दुईवटा रूख रोप्दा लाग्ने क्षेत्रफलको स्थान नक्सामा देखिएपछि मात्र नक्सा दर्ताको प्रक्रिया शुरु हुनेछ । नक्सा पास भएपछि भने भवन र रूख रोप्ने कार्य सँगसँगै गर्नुपर्नेछ ।

घरधनीले जिल्ला वन कार्यालयले सिफारिस गरेका विभिन्न प्रजातिका बिरुवा रोप्नुपर्ने हुन्छ भने त्यसलाई आवश्यकताअनुसार महानगरपालिकाले नियमन गर्नेछ । भवन निर्माण सम्पन्न प्रमाणपत्र लिने समयसम्म नक्साअनुसारको कार्य भए/नभएको त्यसको नतिजा हेरेरमात्र प्रमाणपत्र प्रदान गरिनेछ ।

अहिलेसम्म निर्माण सम्पन्न भएका आवासीय घरले पनि दुई वर्षभित्र घरअगाडि सम्भव भएसम्म दुईवटा रूख र सम्भव नभएमा कौसीमा कम्तीमा पाँचवटा गमलामा हरियाली हुने बिरुवा रोप्नुपर्नेछ । त्यसो नगरिएमा महानगरपालिकाले दण्ड तथा जरिवानासमेत गर्नेछ ।

काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले महानगरवासीले प्रत्येक घरबाट हरियाली प्रबद्र्धन गरेमात्र नगरको सौन्दर्य बढ्ने र त्यसले वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>