रमझमबुधबार, माघ २४, २०६९
विद्याकुमारी पाण्डेले वि.सं. १९९४ मा लेखेको कृष्णलीला पट
पृष्ठः १६+पट,
मूल्यः रु.१२५
प्रा.डा. मुकुन्दराज अर्याल लेख्छन्– ‘एक पहाडिया गाउँमा जन्मेर बाल्यकालमै विवाह भएकी र औपचारिक शिक्षा नपाएकी एक कुलीन ब्राह्मणीले … गाउँघरमा पाइने चीजबाट मसी तयार गरी लेखेको पट हो यो ।’ सात दशकअघि विविध रङमा कोरिएको यो चित्रको थप व्याख्या गर्दै प्रा.डा. अर्याल भन्छन्– ‘कृष्ण जन्माष्टमीको उपलक्ष्यमा गरिने धार्मिक कलालाई लौकिक रूपमा जीवन्त राख्ने पश्चिमाञ्चलको संस्कृति अनुरुप कूर्माञ्चली ब्राह्मणी नारी वर्गमा परम्परा रूपले विद्यमान छ । यही प्राचीन परम्परा यस पटमा राम्ररी झ्ल्किएको छ ।’
२०१६ सालमा महाकवि देवकोटामाथि पुस्तक लेखेर मदन पुरस्कार प्राप्त गर्ने युवक नित्यराज पाण्डेले वृद्धावस्थामा आफ्नी माता विद्याकुमारी पाण्डेको स्मृतिमा प्रकाशित गरेका हुन् यो सानो मसिनो पुस्तक । उनले पुस्तकका साथमा छुट्टै सो ‘पट’ पनि प्रकाशित गरिदिएकाले पुस्तक महत्वपूर्ण भएको छ । झ्ट्ट हेर्दा केही नबुझिने सो चित्रको विस्तृत व्याख्या डा. अर्याल र कलाकार हरिप्रसाद शर्माले गरेका छन् । जसबाट त्यो पट केही बोधगम्य भएको छ अनि पुस्तक पनि मूल्यवान बनेको छ ।
कदी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
