रमझमआइतबार, फाल्गुण १३, २०६९
नारायणगढमा लाईभ कन्सर्ट
नारायणी कला मन्दिरको सहयोगको लागि प्रतियोगी गायकहरुको कन्र्सटबाट तीन लाख रुपैयाँ संकलन गरिएको कला मन्दिरका अध्यक्ष विज्ञानलाल श्रेष्ठले जानकारी दिए ।
कन्सर्टमा नवप्रतिभाहरु कीरण गुरुङ, कृष्ण महतोले, कमल विक, विनोदवावु रसाईली, अभिषेक भण्डारी, सुष्मा विक, सिम्रन विक, निर्मला गोदामी, जितु थापा र धीरज भण्डारीले गीत सुनाएका थिए ।
राईजिङ स्टार प्रतिस्पर्धाको टप फाईभ प्रतियोगिता फागुन १८ मा हुने सिनर्जी एफएमका स्टेशन म्यानेजर अमर प्रधानले जानकारी दिए । लाईभ कन्सर्टको प्रस्तुती र भोटिङको आधारमा टप फाईभको छनौट गरिने जनाईएको छ । सिनर्जी राईजिङ स्टारको फाईनल ३ चैतमा हुनेछ । यो राईजिङ स्टारको तेस्रो संस्करण हो ।
प्रतियोगिताका विजयी गायकले ५० हजार रुपैयाँ र द रिवेल क्रियशन मार्फत एकल एल्बम निकाल्न पाउने छन् ।
सविता श्रेष्ठ, चितवन
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
![Loading ... Loading ...](http://archive.himalkhabar.com/wp-content/plugins/wp-polls/images/loading.gif?bf936f)