रमझमशनिबार, चैत्र ३, २०६९
को बन्लिन् नेपाल सुन्दरी ?
७ चैतमा प्रज्ञा भवन कमलादीमा हुने प्रतिस्पर्धामा झपाकी अस्मिता सिटौला र रिजु श्रेष्ठदेखी महेन्द्रनगरकी रचना भारतीसम्म सहभागी छन् । त्यस्तै, मेघना श्रेष्ठ (धरान), ऐश्वर्या उपाध्याय (इटहरी), रेनु पोखरेल (बिराटनगर), रोजिशा शाही ठकुरी (सिन्धुली), सुजाता बलामी (मकवानपुर), सुमी लामा (काभ्रे), सिपोरा गुरुङ र रक्षा थापा (पोखरा), बिन्दु केशी क्षेत्री (स्याङ्जा), माया सावद (धनगढी) यो स्पर्धामा छन् ।
त्यस्तै समिक्षा श्रेष्ठ, सृतिमा शाह, इशानी श्रेष्ठ, ओसीमा बानु, प्रतिमा गिरीले राजधानीको प्रतिनिधित्व गरेकाछन् । यि सुन्दरीमध्ये सिपोरा राष्ट्रिय भलिवल खेलाडी हुन भने सुमी लामा मिस तामाङ २०१२ की विजेता । हिडन ट्रेजरको आयोजना र फेण्टाको मुख्य प्रायोजन रहेको यस पटकको प्रतियोगिताको प्रशिक्षकमा रचना गुरुङ शर्मा र प्रशान्त ताम्राकार छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
