समाचारआइतबार, जेठ १४, २०६९

सुरक्षा सतर्कता नियमित मात्र: सैनिक प्रवक्ता

हिमालखबर

संविधान जारी हुने अन्तिम दिन १४ जेठको संवेदनशीलतालाई ध्यानमा राखेर राजधानीमा उच्च सुरक्षा सतर्कता बढाइएका बेला सेनाले यस्तो प्रतिक्रिया दिएको हो ।

गृहमन्त्रालय मातहतका तीनवटै सुरक्षा निकायहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई उच्च सतर्कतामा राख्दै खासगरी संविधानसभा भवन रहेको नयाँ वानेश्वर क्षेत्र, मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवास आसपासको क्षेत्रमा सुरक्षा तैनाथी पनि बढाइएको छ ।
यससँगै नेपाली सेनालाई समेत ‘हाइ अलर्ट’ राखिएका खबरहरुले आम सर्वसाधारणमा ‘के हुने हो’ भन्ने अन्यौल बढाएको छ । सर्वसाधारण संकटकाल लाग्ने र कफ्र्यु जारी हुने सन्त्रासमा छन् ।

तर, नेपाली सेनाले त्यस्तो अवस्था नरहेको जनाएको छ । “सेना सँधै अलर्ट रहन्छ, पछिल्लो अबस्थाका लागि सेनालाई अलर्ट गराइएको भन्ने सही हैन” सैनिक प्रवक्ता, सहायकरथी रमीन्द्र क्षेत्रीले हिमालखबरलाई भने, “आवश्यक पर्यो भने सरकारको निर्णय अनुसार जुनसुकै बेला पनि सेना परिचालन हुनसक्छ, तर अहिले त्यसखाले परिस्थिति आएको अवस्था हैन ।”

एकथरीले संकटकाल लाग्नसक्ने चर्चा चलाइरहेका बेला सुरक्षा स्रोतहरुले त्यस्तो सम्भावनालाई इन्कार गरेका छन् । “संकटकाल लाग्छ भन्ने चर्चा धेरै चलेको छ, तर अहिलेसम्म त्यसबारे कुनै कुरा भएकै छैन, त्यस्तो सम्भावना पनि छैन” एक उच्च सुरक्षा अधिकारीले भने, “स्थिति नियन्त्रणमा लिन गाह्रो हुने कुनै घटनाक्रम भए भने कफ्र्युसम्म लाग्नसक्छ, अहिले त्यो अवस्था पनि देखिएको छैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>