समाचारबिहीबार, जेठ १८, २०६९

न्यायाधीशको हत्यारा पक्रन प्रहरी सक्रियता तिव्र

हिमालखबर

महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख एआईजी कुवेर सिंह राना नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

नर्भिक अस्पतालमा उपचारको क्रममा न्यायाधीश बमको १८ जेठ दिउँसो  निधन भएको थियो । अत्यधिक रक्तस्राव भएकाले बचाउन नसकिएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन ।कलङ्कीबाट सर्वोच्च अदालत आउने क्रममा उहाँमाथि शङ्खमूलनजिक गोली प्रहार भएको हो । बङ्गलामुखी मन्दिरमा दर्शन गरेर सर्वोच्च अदालत पुग्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।

नम्बर प्लेट नखुलेको पल्सर मोटरसाइकल चढेका दुई हतियाधारीले गाडीलाई पछ्याउँदै न्यायाधीश बम, उनका अङ्गरक्षक महेश गिरी र गाडीमै रहेका बमका साथी राम गिरीमाथि गोली प्रहार गरेका थिए । अङ्गरक्षक गिरीको अवस्था गम्भीर रहेपनि राम गिरी खतरामुक्तरहेको चिकित्सकले बताएका छन् ।

सर्वोच्च अदालतका स्थायी न्यायाधीश रणबहादुर बम पछिल्लो समयमा कार्यालयमा पुग्ने र हाजीर मात्र गर्ने कार्यमा सीमित थिए । अपहरणकारीहरुलाई ‘घुस’ लिएर धरौटीमा छाडेपछि कारवाहीमा परेका न्यायाधीश बमलाई न्यायपरिषदले संसद महाअभियोगका लागि सिफारिश गरेको थियो । तर, महाभियोगको सिफारिश व्यवस्थापिका संसदबाट भने कार्यान्वयन भइसकेको थिएन ।

प्रहरीले उनको हत्यामा उनले हेरेका विगतका मुद्दाहरुको सम्बन्ध हुनसक्ने अनुमान गरेको छ । प्रहरी स्रोतका अनुसार बम हत्याकाण्डको अनुसन्धान उनले हेरेका मुद्दा, गरेका फैसला र मुद्दाका वादी९प्रतिवादीलाई समेत नोटिसमा लिएर अघि बढाइएको छ । अनुसन्धान ब्यूरो सीआईबीका प्रमुख डिआईजी उपेन्द्रकान्त अर्यालले प्रारम्भिक अनुसन्धान सबै पक्षलाई ध्यानमा राखेर शुरु गरिएको हिमालखबरलाई बताए ।

हत्यापछि प्रधानमन्त्री बाबुराम भट्टराईल हत्यारा पक्राउ गर्न प्रहरीहरुलाई निर्देशन दिएका थिए भने सुरक्षा परिषदको आकस्मिक बैठक बसेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>