समाचारशुक्रबार, जेठ १९, २०६९
‘२६ जेठमा देशव्यापी विरोध प्रदर्शन’
माओवादीका कारण संविधानसभा विघटन भएको र सरकारको एकलौटी निर्णयमा चुनाव घोषणा गरिएको भन्दै १९ दलले माओवादी षडयन्त्र विरुद्ध देशव्यापी भण्डाफोर गरिने बताएका छन् । उनीहरुले राष्ट्रिय सहमतिको सरकार गठनको मागसमेत गरेका छन् ।
बैठकपछि काँग्रेस नेता अर्जुन नरसिंह केसीले २६ जेठमा देशव्यापी प्रदर्शन र सभा गर्ने निर्णय गरिएको जानकारी दिए । २६ जेठमा काठमाडौं सहित देशका प्रमुख शहरमा विरोध सभाहरु आयोजना गर्ने र तिनलाई प्रमुख नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
यसैबीच पार्टीभित्र उत्पन्न समस्याबारे छलफल गर्न एमालेको विघटित संसदीय दलको बैठक अहिले पार्टी मुख्यालयमा बसिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>