Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
तासले करोडपति - Himalkhabar.com

व्यक्तित्वआइतबार, भाद्र २, २०७०

तासले करोडपति

हिमालखबर

२०४५ सालमा रु.२५ हजार जोरजाम गरेर नारायणघाटको शहीदचोकमा खसीको मासुको तास बेच्ने भेटघाट रेस्टुरेन्ट खोलेका गोविन्द तिवारी (५०) को सम्पत्ति अहिले करीब रु.४ करोड पुगेको छ । अहिले उनको भेटघाट काठमाडौंको अनामनगरमा विस्तार भएको छ, भरतपुर सामुदायिक अस्पतालमा शेयर छ, भेटघाट सहकारी खोलेका छन् भने काठमाडौं, पोखरा, भरतपुर र नारायणघाटमा घरघडेरी जोडेका छन् ।

२०३५ सालमा कास्कीबाट रु.३ हजार लिएर जागीरका लागि चितवन झ्रेपछि किराना पसल थापेका उनले पत्नीको उपचारमा रु.७ लाख लागेपछि त्यो पसल बेच्नुपरेको थियो । तर, तास भनेर अहिले चर्चित त्यो वेलामा सबैका लागि नौलो परिकार बनाउन थालेपछि उनलाई त्यो ऋण तिर्न धेरै समय लागेन । बिरामी पत्नी र रेस्टुरेन्ट रहेको घरका धनी रामकुमार चुकेको प्रोत्साहनले उनको प्रगति अघि बढिरह्यो । नारायणघाटको बढ्दो चहलपहलले साथ दिंदा अहिलेको अवस्थामा आउन सकेको गोविन्द बताउँछन् ।
आफूले बनाएको तासको स्वादका पारखी देश–विदेशमा फैलिएको बुझ्ेका गोविन्दले भेटघाटलाई देशैभरि फैलाउने योजना बनाएका छन् । अर्काे वर्ष काठमाडौंको गैह्रीधारा र पोखरामा भेटघाट खोलेपछि बुटवलमा पनि पुर्याउने उनको योजना छ ।

तासको आम्दानीले एउटा छोरालाई एमबीए, अर्को छोरा र छोरीलाई डाक्टर पढाएका गोविन्द आफ्नो मिहिनेत र ग्राहकको मायाले सफलता पाएको बताउँछन् । व्यवसायमा उनलाई एमबीए गरेका छोराको साथ छ ।

बिहान ६ बजेदेखि बेलुका नौ बजेसम्म रेस्टुरेन्टमा खटेर तासमा राखिने मसला आफैं बनाउँछन् । ग्राहकलाई सन्तुष्टि दिन गुणस्तरमा ध्यान दिनुपर्ने बताउँदै गोविन्द भन्छन्, “मैले बनाएको तासले सम्मान र सम्पत्ति दुवै दिएको छ ।”

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>