ब्लगसोमबार, भाद्र १७, २०७०

गुञ्जीयो ‘गोल्डेन भ्वाइस्’ (फोटो फिचरसहित)

अनुशील

नेपालमा कमैले रोमान्टिक गीत गाएको समयमा प्रेमध्वज प्रेमीहरूको आवाज बनेर उदाएका थिए ।

जावलाखेलस्थित डीएभी कलेजको बुद्ध हलमा नेपालयले आयोजना गरेको पलेटी उत्सवको समापनमा प्रेमध्वजले आफना ‘गोरेटो त्यो गाउँको लौन…, पर लैजाऊ फूलहरू…, तारा मात्र हैन तिमीलाई…, देउरालीमा बतास चल्यो…, हाँस्ने रहरहरू…, टाढा भै गयौ फेरि…, राजमती कुमति…’ जस्ता लोकप्रिय गीतहरु गाए । डेढ दर्जन भन्दा बढी गीत प्रस्तुत गरेका उनलाई गायिका मीनाले साथ दिएकी थिइन् ।

डेढ दर्जन भन्दा बढी गीत प्रस्तुत गरेका उनलाई गायिका मीनाले साथ दिएकी थिइन् ।

गायनको ६० वर्षमा पनि ७७ वर्षीय प्रेमध्वजको गायकी उम्दा थियो । तन्नेरी जोश र उत्साहका साथ उनले माया, प्रेम, विछोड र पीडा गीत मार्फत पोखे । ६०० दर्शक क्षमताको हल भरिभराउ देखेर प्रेमध्वज उत्साहित देखिएका थिए । गायनको बीच–बीचमा उद्घोषक आभास र प्रेमध्वजबीचको संवादले कार्यक्रमलाई रोचक बनाएको थियो ।

उनले गायनकै क्रममा २००९ सालमा संगीत गुरु भैरवबहादुर थापाको शब्द–संगीतको ‘अँधेरी रात…’ गीतबाट रेडियो नेपालमा गाउन थालेदेखि उनलाई स्थापित गर्ने गीत भने भूपि शेरचनको रचना र नातिकाजीको संगीत रहेको राष्ट्रिय गीत ‘यो नेपाली शिर उचाली…’ सम्मको चर्चा गरेका थिए । त्यसपछि ‘गोरेटो त्यो गाउँको…, घुम्तीमा नआऊ है…’ लगायतका गीतहरु भारतमा गएर रेकर्डिङ गर्दाको अनुभव सुनाएका थिए ।

८ असारमा अष्ट्रेलियाको सिड्नीको वेस्ले कन्फ्रेन्स सेन्टरको पलेंटी कार्यक्रममा समेत प्रस्तुत भएका उनी स्वरले साथ दिउञ्जेल यसरी नै गाइरहन चाहन्छन् । तस्बीरहरुः अनुशील

माइतीघर फिल्मको गीत गाउन भारतीय संगीतकार जयदेवले उनैलाई छानेपछि प्रेमध्वज प्लेब्याक सिंगरको रूपमा स्थापित भएका थिए । जयदेवलाई आफनो स्वर सुनाउन उनले त्यसबेलाको चर्चित हिन्दी फिल्म ‘दोस्ती’का ४ वटा गीत सुनाएका रहेछन् । त्यसपछि प्रेमध्वजले ‘नमान लाज यसरी…, हाँस्ने रहरहरू…, टाढा भै गयौ फेरि…’ जस्ता सदाबहार फिल्मी गीतहरू गाएका थिए ।

२०२८ सालमा मागी विवाह गरेकी धर्मपत्नी किरणदेवी मञ्चमा प्रेमध्वजले गाइरहँदा डेजी बराइली, रुबी जोशी र मदनकृष्ण श्रेष्ठसँगै बसेर गीत सुनिरहेकी थिइन् ।

नेपालमा कमैले रोमान्टिक गीत गाएको समयमा प्रेमध्वज प्रेमीहरूको आवाज बनेर उदाएका थिए । अहिले बुढेसकालमा पनि गीत–संगीतलाई साथी बनाएका उनी संगीतले मनमा शान्ति मिलेको बताउँछन् । आधा शतकदेखि नेपाली रोमान्टिक गीतमा राज गरेका प्रेमध्वज आफूलाई भने रोमान्टिक मान्दैनन् । २०२८ सालमा मागी विवाह गरेकी धर्मपत्नी किरणदेवी मञ्चमा प्रेमध्वजले गाइरहँदा डेजी बराइली, रुबी जोशी र मदनकृष्ण श्रेष्ठसँगै बसेर गीत सुनिरहेकी थिइन् । ६०० गीत गाएका प्रेमध्वजको तीन वटा अल्बम निस्केका छन् । ८ असारमा अष्ट्रेलियाको सिड्नीको वेस्ले कन्फ्रेन्स सेन्टरको पलेंटी कार्यक्रममा समेत प्रस्तुत भएका उनी स्वरले साथ दिउञ्जेल यसरी नै गाइरहन चाहन्छन् ।

१४–१६ भदौमा मनाइएको पलेटी उत्सवको सुरुवात कविवर माधव घिमिरेबाट भएको थियो । १४ भदौमा आयोजित कार्यक्रममा पलेंटी प्रतिभा सुरज र मीनाले घिमिरेका कालजयी गीतहरु प्रस्तुत गरेका थिए । त्यस्तै १५ भदौमा दार्जीलिङ निवासी प्रसिद्ध गायिकाद्वय दावा ग्याल्मो र डेजी बराइलीले दर्शकको मन जितेका थिए । करीब ४५ जना वरिष्ठ गायक, गायिका र सर्जक प्रस्तुत भइसकेको पलेंटी उत्सव आउँदो साल समेत गरिने नेपालयले जनाएको छ ।

तस्बीरहरुः अनुशील

करीब ४५ जना वरिष्ठ गायक, गायिका र सर्जक प्रस्तुत भइसकेको पलेंटी उत्सव आउँदो साल समेत गरिने नेपालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>