अर्थ/बजारशुक्रबार, भाद्र २१, २०७०

होटल फेवा प्रिन्स बन्द

हिमालखबर

पोखराको होटेल फेवा प्रिन्समा कार्यरत मजदुरहरुले तलव बृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएपछि व्यवस्थापन पक्षले तलव बढाउन नसक्ने भन्दै २१ भदौदेखि होटल बन्द गर्ने निर्णय गरेको छ ।

तलव सुविधामा बृद्धीको माग गर्दै २० भदौमा मजदुरहरुले तीन घण्टा पेन डाउन गरेका थिए । २१ भदौ विहान काम गर्न होटल पुगेका कर्मचारी मुख्य गेटमा व्यवस्थापनले ताला लगाएपछि ताला खोल्न माग गर्दै दिनभर धर्नामा बसेका छन् ।

होटल फेवा प्रिन्सका प्रवन्ध निर्देशक नरेशशंकर पालिखेले कर्मचारीको तलव बढाएर होटल चलाउन नसकिने र कर्मचारीलाई सेप्टेम्वरसम्मको तलव दिएर होटल बन्द गर्ने निर्णय भइसकेको बताए । “हामीले व्यवस्थापन सम्हालको साढे तीन वर्षको अवधिमा तीन पटक तलव बढाईसकेका छौं,” पालिखेले भने, “तल्लो तहको कर्मचारीले पनि खाना खाएर ९ हजारसम्म तलव बुझ्छन् । अब पनि तलव बढाएर होटल सञ्चालन गर्न सकिंदैन ।”

यता संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रीएका कर्मचारीले सरकारले तोके अनुसारको तलव नपाएको गुनासो गरेका छन् । संघर्ष समितिका अध्यक्ष हरि थापाले आफूले खाना खाएर ६ हजार ५ सय मात्रै तलव पाउने गरेको बताए ।

“हामीले सरकारले तोकेको न्यूनतम तलवको माग गरेका हौ,” थापाले भने, “बढी मागेको होइन, सरकारले निर्धारण गरेको तलव पाए काम गर्न तयार छौं ।”

तीन तारे स्तरको ३० वटा रुम भएको होटलमा ४० जना कर्मचारी कार्यरत छन ।

माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>