Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
साहित्यकार जगदीश घिमिरेको निधन - Himalkhabar.com

समाचारबिहीबार, कार्तिक १४, २०७०

साहित्यकार जगदीश घिमिरेको निधन

हिमालखबर

लामो समयदेखि क्यान्सरबाट पीडित ६८ वर्षीय जगदीश घिमिरेको राजधानीस्थित ओम अस्पतालमा बिहान करिब ६ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

घिमिरेको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा परम्पराअनुसार अन्त्येष्टि गरिने छ ।एक महिनाअघि  स्वास्थ्यमा बढी नै समस्या देखिएपछि घिमिरे ओम अस्पतालमा भर्ना भएका थिए ।

रामेछापको मन्थलीमा २८ चैत २००२ मा जन्मिएका घिमिरेका एक दर्जन साहित्यिक कृतिहरु प्रकाशित छन् । मल्टिपल माइलोमा क्यान्सर भएपछि उनले लेखेको ‘अन्तर्मनको यात्रा’ नेपाली आख्यान लेखनमा कोसे ढुंगा सावित भएको छ । ‘अन्तर्मनको यात्रा’ले ०६४ सालको मदन पुरस्कार पाएको थियो । पछिल्लो समय प्रकाशित उनको उपन्यास ‘सकस’ ले निकै चर्चा बटुलेको थियो ।

उनका उपन्यासहरु– लीलाम, साबिती, बर्दी, सकस, आत्मानुभव– अन्तर्मनको यात्रा, नाटक– सन्तान, कथा संग्रह– जगदीशका कथाहरुलगायतका कृतिहरु प्रकाशित छन् ।

तामाकोसी सेवा समिति मार्फत रामेछाप जिल्लामा स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका घिमिरे साहित्यकार, समाज सेवी र सामाजिक–राजनीतिक विश्लेषक रुपमा समेत चिनिन्थे ।

घिमिरे तिलगंगा आँखा अस्पतालका संस्थापक अध्यक्ष पनि हुन् । नेपाल गैर सरकारी संस्था महासंघको स्थापना पनि उनैले गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>