रमझममंगलबार, फाल्गुण २७, २०७०
अभिनेत्री गौरी मल्ल नेपाल फर्कदै
आमाको स्वास्थ्य उपचारको लागि फर्किन लागेको हिमाल सम्बाददातासँगको भेटमा उनले बताईन् । उनले भनिन्, “आमाको सर्जरी गर्नु पर्ने भयो, त्यसैले एक्कासी फर्किन लागेकी हुँ ।” नेपाल फर्किन लागेकोमा आफु अत्यन्तै खुशी भएको उनले बताईन् । नेपालमा पुन: फिल्मी क्षेत्रमा सक्रिय हुन सक्ने उनले भनिन् । सबै ईश्वरको ईच्छामा निर्भर रहने उनको भनाई थियो । पछिल्लो समय उनी निकै बढी आत्ध्यात्मिक रुपमा देखिएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
उनको बिदाईको लागि न्युयोर्कमा युनाईटेड नेपालीज आर्टिष्ट एशोसियसनले बिदाई कार्यक्रमको आयोजना गरेको थियो । मल्ल सँघको सँस्थापक अध्यक्ष हुन् । उनी नेपाल फर्केपछि सँघलाई उनको अभाव हुने भए पनि जन्मभूमी फर्केकी हँदा खुशी लागेको संघका महासचिव गायक तिलक श्रेष्ठले बताए ।
कार्यक्रममा उपास्थित धेरैको आँखा भने गौरीले बोल्दा रसाएका देखिए ।
-ङिमा पाख्रीन, न्युयोर्क
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>